२ जना युवा बिरुद्ध ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी

0

नवलपरासी – स्थानीय युवा भेषबहादुर पुनलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अभियोगमा २ जना युवा बिरुद्ध ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी परेको छ । नवलपरासीको बर्दघाटमा तिहारको दिन रातिको समयमा धारिलो हतियार प्रयोग गरि घाइते बनाएको अभियोगमा निशान तामांग र भुषण दर्लामी उपर कारवाहीको माग गर्दै उजुरी परेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयोे । प्रहरी निरिक्षक पुरीका अनुसार पुनको टाउकोमा चोट लागेको थियो । उनीहरु बिरुद्ध पिडित पुनले उजुरी दिएको बताइएको छ । पुनको चिसापानी अस्पतालमा उपचार भएको थियो । पुन यस अघि ई रिक्सा सम्बन्धि समाचार लेखेका पत्रकार रवि पाण्डेलाई दुब्र्यबहार गर्ने मध्येका एक रहेको बताइएको छ । त्यस्तै सो घटना लगतै तिहारको राति २ बजेको समयमा चिसापानी अस्पतालभित्रै बाडिपिडितका युवा प्रदीप कँुबर र मनिष कुँवर माथि रड प्रहार भएको र रड प्रहारबाट दुवै जना घाइते भएको पारिवारिक स्रोतले जनाएको छ । मनिष सामान्य अवस्थामा रहेको र प्रदीपको टाउकोमा ९ वटा टाँका लगाइएको र उनको भरतपुरमा थप उपचार गरिएको पारिवारिक स्रोतको भनाई थियो । उनीहरुलाई बिष्णु भन्ने बिश्वबन्धु पोखरेलको नेतृत्वमा रहेको समुहले भेषराज पुनको उपचार गर्ने समयमा चिसापानी अस्पतालमा बोलाएर रडले हानेको जनाइएको छ । घटनामा संम्लग्न पोखरेल बिरुद्ध भने कुनै उजुरी परेको छैन । कुंवरका दाजु दिपक कुंवर मार्फत बोलाएर पोखरेल समुहले चिसापानी अस्पतालमै रड प्रहार गरि घाइते बनाएको नवदुर्गा टोल विकास समितिका अध्यक्ष दुर्गा कुँवरले बताउनुभयो । पोखरेलका बिरुद्ध पनि पत्रकार पाण्डेय माथिको दुब्र्यबहारको मुद्धा रहेको जनाइएको छ । त्यस्तै सो घटनामा संलग्न उपर छानविन भइरहेको र दोषी उपर कडा कारवाही गरिने प्रहरी निरिक्षक पुरीले दावी गर्दै तत्काल घटनाको कुनै कारण नदेखिएपनि पुरानो रिसिबीईका कारण घटना घटेको हुनसक्ने बताउनुभयो । घटना पछि नवदुर्गा टोलमा शान्ति सुरक्षा कायम गर्नमा लागि स्थानीय र प्रहरी बीच सहकार्यको तयारी गरिएको बताइएको छ । सो घटनामा घाइते हुने भेषबहादुर पुन र घटनाका अभियुक्त बिश्वबन्धु पोखरेलले यस अघि पत्रकार रवि पाण्डे माथि दुब्र्यबहार समेत गरेका थिए । पत्रकार पाण्डेय माथि र्दुब्यवहार तथा सार्वजनिक स्थलमा उपद्रयाई गरेको मुद्धा कायमै रहेको प्रहरीले जनाएको छ ।

You might also like