कोरोना संग लड्न सामाजिक दुरी रामवाण : मुख्यमन्त्री पोखरेल

कोरोनासंग बच्न लकडाउनको कार्यान्वयन र सामाजिक दुरी

0

नवलपरासी ३ जेठ :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनासंग लड्नका लागि सामाजिक दुरी कायम गर्नु अचुक उपाय रहेको बताउनुभएको छ । शनिवार पश्चिम नवलपरासीको सुनवलमा आयोजित सरोकारवालासंगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोनासंग बच्न लकडाउनको कार्यान्वयन र सामाजिक दुरी रामबाण भएको बताउनुभयो ।

उहाँले स्थानीयतहलाई राहत वितरणलाई स्थगित गर्दै जिल्लाका २ सय बेड क्षमताको आइसोलेशन सेन्टर बनाउन निर्देशन दिनुभयो । तराईका जिल्लामा २ सय बेड र पहाडका जिल्लामा ५० वार्ड क्षमताको आइसोलेशन सेन्टर बनाउन प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । क्वारेन्टाइनहरुको निर्माण तथा संचालन सम्बन्धि निर्देशन दिदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले छुट्टाछुट्टै प्रकृतिका ४ प्रकारको क्वारेन्टाइन निर्माणमा लागि परेको बताउनुभयो । कोरोना पोजेटिभ मात्र देखिएका र लक्षण देखिएकाहरुलाई छुट्टाछुट्टै स्थानमा राख्नुपर्नेमा उहाँको जोड थियो । आवश्यकता अनुसार क्वारेन्टाईन बनाउनुस – स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री पोखरेलले भन्नुभयो – त्यहाँको खर्च कोरोना नियन्त्रण उच्चस्तरीय समितिले दिन्छ । उपचार र खानपिनको ब्यवस्था प्रदेश सरकारले बेर्होछ ।
उहाँले राहत वितरणमा भन्दा कोरोना नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनतर्फ लाग्न निर्देशन दिनुभयो । राहत जनताको अधिकार होइन, सरकारको जिम्मा हो’– उहाँले भन्नुभयो अब राहत वितरण स्थगित गरेर उनीहरुलाई श्रम केन्द्रित रोजगारीको व्यवस्था गर्नुस् । फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले स्थानीय तह सरकार हुन नसकेको बताउदै प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल , दिपेन्द्रकुमार अधिकारी बर्दघाट नगरपालिका नगर प्रमुख धीरज शर्मा बस्याल सुनवल नगरपालिका प्रमुख भिमबहादुर थापा क्षेत्री रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता सुस्ता गाउपािलकाका अध्यक्ष रामप्रसाद पाण्डे, पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मा , प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल , जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बोल्नुभएको थियो ।
छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरी र प्रदेश सभा सदस्य भगवती भण्डारीको सहभागिता रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षता सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको स्वागत प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको संचालनमा भएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति थियो ।

You might also like