नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा ४१ औ स्थापना दिवसमा रक्तदान
बर्दघाट ८ असार – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँच अन्तरगत बर्दघाट नगर ईकाई समितिले आफ्नो ४१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ईञ्चार्ज ध्यान बहादुर राईको प्रमुख आतिथ्तामा कार्यक्रम भएको प्रदेश सचिव प्रकाश बस्यालले बताउनुभयो । रक्तदानमा शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता रेडक्रस सोसाइटी पश्चिम नवलपरासी र बर्दघाट उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।