शर्माको निधन प्रति मुख्यमन्त्री पोखरेलद्धारा शोक ब्यक्त
बुटवल – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधन प्रति प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले दुःख ब्यक्त गर्नुभएको छ । आइतवार उहाँले जारी गरेको बिज्ञप्तिमा मृतक प्रति श्रद्धाञ्जली घाइतेको शिघ्र स्वासथ्य लाभको कामना गरिएको छ । बिज्ञप्तिमा भनिएको छ – कोभिड—१९ नियन्त्रण र उपचारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर क्रियाशिल शर्माको निधनले मुलुकले एक कुशल जनप्रतिनिधि गुमाएको छ । गाउँपालिकाको विकास निर्माण र महामारी नियन्त्रणमा क्रियाशिल अध्यक्ष शर्माको सक्रिय र जिम्मेवार भूमिकाको हामी सधैं सम्झने छौं ।
त्यस्तै बिज्ञप्तिमा – शोकको यो घडीमा हतास र निराश नभई शोकलाई शक्तिमा बदल्दै कोभिड—१९ नियन्त्रण र उपचारको कामलाई प्रभावकारी र व्यवस्थित बनाउने काममा जुट्न म प्रतापपुर गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सबै जनप्रतिनिधिलाई हार्दिक अपील गर्दछु – भनिएको छ