पीसिआर परिक्षणको माग गर्दै नगरपालिका अगाडि प्रर्दशन

0

बर्दघाट ३० जेठ – बर्दघाट क्षेत्रका युवाहरुले आज बर्दघाट नगरपालिकाको गेट अगाडी विहान ९ बजे देखि करिव २ घण्टा विरोध प्रर्दशन गरेका छन् ।

आफूहरु कुनैपनि पार्टी वा संगठनका ब्यक्ति नभई बर्दघाटका स्वतन्त्र युवाहरु रहेको दावी गदै प्रर्दशन गरिएको हो । आफूहरु स्वतस्फूर्त रुपमा जम्मा भएर विरोध प्रर्दशन गरेको विरोधमा सहभागी अगुवा नेता किशोर गैरेले बताउनु भएको छ ।

उहांका अनुसार विगत लामो समय देखि देश लकडाउनमा भएको बेला स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचार,दण्डहिनता ,कोरोना ब्यवस्थापनमा सरकारको अर्कमण्डता,असुरक्षित क्वारेन्टाईन, तथा पिसिआर परिक्षणमा भएको ढिला सुस्ती बढ्दो कर लगायतका बेतीथीहरुको विरुद्धमा उक्त विरोध प्रर्दशन गरिएको हो । समुहगत रुपमा मा रहेका ति युवाहरुले जनताले कुर्चीमा बस्न भोट दिने,सरकारले क्वारेन्टाईनमा वस्न गोठ दिने लगायतका पोष्टरहरु लिएर बर्दघाट नगरपालिकाको गेट अगाडी दुरी कायम गर्दै लाईनमा उभिएर नारा वाजी समेत गरेको स्थानीय युवा कृष्ण गिरीले जानकारी दिनुभयो ।

You might also like