लिपुलेकमा भारतले सडक बनाएको बिरोधमा दाङमा प्रर्दशन
ईश्वरी प्रसाद गैरे
दाङ ३० बैशाख – भारतले नेपाली भुमि लिपुलेकमा सडक निर्माण गर्दा समेत मुकदर्शक भएर सरकारले फिर्ता लिन पहल नगरेको भन्दै दाङमा बिरोध प्रर्दशन गरिएको छ । मंगलवार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) ने क पा मसाल र ने क पा मालेले दाङमा बिरोध कोणसभा सम्पन्न गरेका हुन । कार्यक्रममा ने क पा ( क्रान्तिकारी माओबादी) का जिल्ला सेक्रेटरी राम जी चौधरी राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ने क पा माले का दाङ जिल्ला सचिव नेत्र पाण्डे लगायतले कोणसभामा आआफ्नो पार्टीको धारणा तथा राष्ट्रियता पक्षमा दह्रो सङ्ग उभिन आग्रह गर्नुभएको थियो । बक्ताहरुले कालापानी सिमा विवाद सन १९६२ देखिको समस्या सन २०२० सम्मपनि जस्ताको तस्तै रहनुमा बिगत सरकार देखि बर्तमान सरकार समेतले कतै मिलिजुली भारतलाई बुझाएका त होइनन् भन्ने शंङ्का ब्यक्त गर्दै सरकारलाई राष्ट्रियताका बिषयमा खबरदारी गरिरहने प्रतिबद्धता ब्यक्त गरेका छन । उक्त कार्यक्रम राष्ट्रिय जनमोर्चा दाङका सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।