बर्दघाट नगरले राहत सामाग्रीमा परिमार्जन ग¥यो – अब चामल १० किलो, २ किलो दाल, १ किलो नुन , एक लिटर तेल र साबुन समेत दिइने
एकद्धार प्रणाली
नवलपरासी १८ चैत्र – बर्दघाट नगरपालिकाले अति विपन्न तथा दैनिक ज्यालादारीका मजदुरलाई दिने राहत सामाग्रीको परिमाण थप गर्दै त्यसमा साबुन समेत थप गरिएको छ । मंगलवार गरिएको तत्कालको प्याकेजमा केही परिमार्जन गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाका सबै स्थानीय तह बीच समन्वय हुदाँ १० किलो चामल २ किलो दाल १ किलो नुन र एक लिटर तेल र साबुन समेत थप गरि राहत दिने तयारी थालिएको नगर प्रमुख बस्यालले बताउनुभयो ।
यस अघि तत्काल अतिबिपन्न तथा दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्नहरुलाई ५ किलो चामल, १ किलो दाल तथा आधा लिटर चामल र एक किलो नुनको ब्यवस्था गर्न लागेको बर्दघाट नगरपालिकाले परिमाण थप गरेको हो ।
त्यस्तै एकद्धार प्रणाली मार्फत नगरले अति विपन्न तथा दैनिक ज्यालादारीबाट गुजारा गर्ने नगरवासीका लागि खाद्यान्न वितरणको तयारी गरेको जनाएको छ।
त्यसका लागि सहयोगी हातहरुसंग नगरले नगद तथा जिन्सी सहयोगको अपिल समेत गरेको छ ।
त्यस्तै प्रकोप ब्यवस्थापन कोषमा सामाजिक संघसंस्था , सहकारी संजाल, नीजि क्षेत्र एंव सामुदायिक तथा नीजि बिद्यालय एंव बिभिन्न गैर सरकारी संघसंस्था तथा ब्यक्तिहरु ईच्छुक जो कोहीले पनि नगद प्रदान गर्न सक्ने नगरपालिकाले जनाएको छ ।