त्रिवेणीचोकमा हेल्प डेस्क संचालन
बर्दघाट १३ चैत्र – बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले बर्दघाट ४ स्थित त्रिवेणी चोकमा स्वास्थ्य हेल्प डेक्स संचालनमा ल्याएको छ । ज्वरो नाम्ने यन्त्र सहित बिशेष गरीअत्यावश्यक सेवा प्रदान गरिरहेकाहरुलाई स्वास्थ्य परिक्षण गर्नका लागि उक्त डेक्स संचालनमा ल्याइएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दघाट, ट्राफिक प्रहरी पोष्ट बर्दघाटसंगको समन्वयमा शाखा स्वास्थ्यकर्मीहरुले सो डेस्क संचालन गर्ने र ज्वरो आएका कोही भेटिए नगरले ब्यवस्थित गरेको क्वारेन्टाइनेमा राख्ने ब्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो ।
बर्दघाटमा दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानी र बाल्मिकी मावि मोतीबस्तीमा क्वारेन्टाइन छ भने शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा ४ वटा आइसोलेसन वेड बनाएको छ ।