१३ औँ साग सम्पन्न हुँदै

0

मंसिर २४ – काठमाण्डौमा भई रहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) कार्यक्रम बिच मंगलबार समापन हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै व्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी दिनुभएको हो । सदस्यसचिब सिलवालले प्रतियोगिता सुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताए। समापन समारोहअघि मंगलबार नै नेपाल र भुटानबीच फुटवलको फाईनल हुन्छ । त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटवल हुन्छ । फुटवल प्रतियोगिताको फाईनल लगत्तै समापन समारोह सुरु हुन्छ । डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्नुहुन्छ । त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ । उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने समापन समारोहमा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्य सचिब सिलबालले सम्बोधन गर्ने छन् । समापन समारोहकै अवसरमा १४ औँ साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिब सिलवालले जानकारी दिनुभएको हो ।
आज जोर नम्बरका सवारीमात्र चल्न पाउने
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को मङ्गलबार समापन हुँदैछ । यसलाई मध्य नजर गरेर ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न आज उपत्यकामा चल्ने सवारीमा जोरविजोर विजोर प्रणाली लागू गरेको हो । यसअनुसार मङ्गलबार काठमाडौँ उपत्यकाभित्र जोर नम्बरका सवारी मात्र चल्न पाउनेछन् ।यद्यपि, अत्यावश्यक सेवाकार सावरी साधानमा भने यो नियम लागू हुनेछैन । त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको हुन् ।

You might also like