राष्ट्रिय जनमोर्चाको सुनवलमा बिरोध कार्यक्रम
संघियताको विरुद्ध सशक्त आन्दोलनको टड्कारो आवश्यकता;-राना
सुनवल २५ असोज– ” राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौ, संघियता करवृद्धि र भ्रष्ट्राचारको विरोध गरौं “भन्ने नारा का साथ राष्ट्रिय जनमोर्चा नवलपरासीको आयोजनामा विरोध कार्यक्रम शनिवार सुनवल चोकमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा नवलपरासीका जिल्ला अध्यक्ष किसन बहादुर अधिकार को अध्यक्षता र जिल्ला सचिव शोभाकान्त लामिछानेको संचालनमा सम्पन्न बिरोधसभामा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय अध्यक्ष रेम राना ,राष्ट्रिय जनमोर्चाका पुर्व जिल्ला अध्यक्ष उत्तम खरेल ने.क.पा. (मसाल) का जिल्ला प्रबक्ता धनपति सापकोटाको आतिथ्यता रहेको थियो । बिरोधसभा लाई सम्बोधन गर्दै रक्तिमका केन्द्रिय अध्यक्ष रेम रानाले संघीयता का कारण ६२÷६३ को जनआन्दोलन बाट प्राप्त उपलब्धि हरु गणतन्त्र ,धर्म निरपेक्षता माथि नै खतरा उत्पन्न भएकोले देशभक्त नेपाली जनताले संघियताको विरुद्ध सशक्त आन्दोलनको टड्कारो आवश्यकता रहेको बताउनुभयो ।
ने.क.पा.(मसाल) का प्रबक्ता धनपती सापकोटाले राष्ट्रिय जनमोर्चा ले उठाएका मुद्दा हरु देशको हितमा रहेकोले देशभक्त नेपाली जनता ले साथ दिनुपर्ने बताउनुभयो । राजमोका पुर्ब अध्यक्ष उत्तम खरेल ले देशमा भ्रष्टाचार ले जरा गाड्दै गएकोले भ्रष्ट्राचार विरुद्ध जनता एक ढिक्का हुनुको विकल्प नरहेको बताउदै भ्रष्टाचार विरुद्ध सशक्त आन्दोलन मा उत्रन आह्वान गर्नुभयो ।
तस्विर सौजन्य : शोभाकान्त लामिछाने