१ सय २० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार

0


बर्दघाट – पश्चिम नवलपरासीको १ सय २० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार दिएको छ ।

विहीवारबाट शुरु भएको सो कार्यक्रम अन्तरगत शुक्रवार वडा नम्बर ४ ले नगरपालिकाको कार्यालय अगाडि सरसफाई गरेर वडास्तरमा समेत कार्यक्रम शुभारम्भ गरियो । कार्यक्रम बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डे वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमालको आतिथ्यतामा भएको थियो । कार्यक्रम अन्तरगत नगरका हरेक सामाजिक क्षेत्रमा रहेका मठमन्दिर,पाटी पौवा, सडक,नाला, सरसफाई गर्ने तथा विभिन्न प्रकारका सामाजिक संरचना निर्माणका काममा लगाउने प्रधानमन्त्री रोजगार कार्यक्रम बर्दघाटका संयोजक जंग मल्लले बताउनु भएको थियो ।

You might also like