जेनजी बिद्रोहपछि झन भष्ट्राचार विरोधी अभियानको औचित्य पुष्टि – क्रान्तिकारी कम्युनिष्ट पार्टी

नियन्त्रणमा लिइएका युवाहरुलाई राजनैतिक ब्यवहार गर्न प्रहरी प्रशासनसंग माग

0

नवलपरासी ४ असोज – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले भष्ट्राचार विरोधी अभियानलाई निरन्तरता दिने भएको छ । आइतवार बर्दघाट–५ बण्डाखोलामा सम्पन्न पार्टीको जिल्ला सचिवालयको बैठकले जेनजी बिद्रोह पछि भष्ट्राचार विरोधी अभियानको औचित्य थप पुष्टि भएको भन्दै अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस अघि उक्त पार्टीले बि.स.२०८२ असार ५ गते घोषणा गरेको अभियानलाई एक बर्ष सम्म संचालन गर्ने जनाएको थियो । बैठकले जेनजी बिद्रोह पछि पनि उही पुरानै संसदवादी यथास्थितिवादी शक्तिहरु हावी हुदै गएको र भष्ट्राचारमा समेत कमी आउने कुनै संकेत नदेखिएको प्रति सचेत रहन जनसमुदायलाई अपिल गर्ने समेत निर्णय गरेको छ ।
साथै, बैठकमा जेनजी आन्दोलनलाई भष्ट्राचार बिरुद्धको मुलमुद्धाबाट बिषयान्तर गराएर प्रर्दशनकारीहरु माथि राजनैतिक प्रतिशोध स्वरुप मुद्धा लगाउने तयारी भएकोले सचेत हुन समेत आग्रह गरिएको सो पार्टीले जनाएको छ ।
‘जेनजी आन्दोलन भष्ट्रचारको विरुद्धमा सुशासनको पक्षमा उठेको न्यायपुर्ण युवा आन्दोलन हो, प्रहरी प्रशासनले कसैको दबाबमा आएर न्यायपुर्ण आन्दोलनका युवाहरुलाई नियन्त्रणमा लिने काम बन्द गर्नुपर्छ ‘– पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाको भनाई उदृत गर्दै एक सहभागी भने – ‘जिल्लाको वातावरण बिग्रने काम कसैबाट पनि हुनुहुदैन । न्यायपुर्ण आन्दोलनलाई राजनैतिक तरिकाले हेर्नुपर्छ । उनीहरु माथि यथोचित राजनैतिक ब्यवहार गर्नुपर्छ ।’
बैठकले नियन्त्रणमा लिइएका युवाहरुलाई राजनैतिक ब्यवहार गर्न प्रहरी प्रशासनसंग माग समेत गरेको छ । त्यस्तै देशमा संकटको समाधान नभई झन् गहिरिदै गएको प्रति चिन्तित हुदै वर्तमान राजनीतिक संकट र निकाशको प्रश्न बिषयक सर्बपक्षीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत भएको पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयको जानकारी दिए ।
सो अवसरमा जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरी, सचिवालय सदस्यहरु रामचन्द्र पोखरेल र राम प्रसाद अर्गेजालगायतले धारणा राखेका थिए ।

 

You might also like