क्रान्तिकारी कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ देवदहमा शुरु

0

रवि पाण्डेय
रुपन्देही ( देवदह ) १९ कार्तिक – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम देवदह–६ को तमु समाज हलमा आइतवारबाट शुरु भएको छ ।
पार्टीको पाँच नम्बर प्रदेश संगठन समिति र चार नम्बर प्रदेश संगठन समिति अन्तरगतका बिभिन्न जिल्लाहरुमा कार्यरत केन्द्रीय महाधिवेशन आयोजक समितिमा आबद्ध नेताहरुका लागि संयुक्त स्कुलिङ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सदस्य तथा केन्द्रीय कार्यालयका सचिव बसन्तको अध्यक्षता, केन्द्रीय कार्यालय सदस्य आजादको संचालनमा उद्घाटन गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य एवं प्रशिक्षकहरु प्रीतम, सचिवालय सदस्य एवं स्कुल बिभाग सदस्य गतिलगायतले संक्षिप्त शुभकामना राख्नुभएको केन्द्रीय कार्यालय सदस्य तथा पाँच नम्बर ईन्चार्ज प्रमोदले जानकारी गराउनुभयो ।
पार्टीका नीति कार्यक्रम र कार्यदिशाको अनुसन्धान गर्दै महाधिवेशन सम्पन्न गर्ने पुर्व तयारी स्वरुप देशैभर पार्टीले स्कुलिङ गर्दै आएको उहाँको भनाई थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन, दर्शनशास्त्र, वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्र सम्बन्धि विभिन्न विषयमा कक्षा संचालन गरिने आयोजकले जनाएको छ ।
त्यस्तै प्रदेश १ र २ का लागि केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाको गोल बजारमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय एवं केन्द्रीय स्कुल विभाग सदस्य सुदर्शनको अध्यक्षता, विभागका सदस्य आमोदको सञ्चालनमा उद्घाटन गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य एवं प्रशिक्षकहरु प्रतीक, एसटी, निर्मल र मधेश प्रदेशका संयोजक रमेशले स्कुलिङ कार्यक्रमको आवश्यकता र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

You might also like