क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न
नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगर संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) भएको पार्टी एकतालाई जिल्लास्तर हुँदै स्थानीय तहसम्म एकता अधिवेशन सम्पन्न गर्ने क्रममा सुनवल नगरस्तरीय अधिबेशन शनिवार बडेरास्थित सुन्दरबस्तीमा सम्पन्न भएको हो ।
एकता अधिवशेनलाई प्रमुख अतिथि पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पले सम्बोधन गर्नुभएको थियो । उहाँले वैचारिक, राजनीतिक, सांगठानिक विषयमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुहुँदै संघर्षका लागि आवश्यक निर्देशन गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरले पार्टीलाई सबै वडास्तरमा समेत विस्तार गर्दै संर्घषलाई उठान गर्ने उद्घोष गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहसंयोजक श्रमिकले नेकपा(बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बीच ऐतिहासिक एकता भएकोले कसैले भम्र पाल्न नहुने बताउनुभयो । कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा पाल्हीनन्दन ईञ्चार्ज न्युक्लियस , प्रदेश सदस्य तथा रामग्राम ईन्चार्ज जयकिसनलगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा शहिद परिवार लिलावती पौडेल र हिमलाल भण्डारीको आतिथ्यता थियो ।
एकता अधिबेशनले श्यामको संयोजकत्वमा २१ सदस्सीय सुनवल नगर संगठन समिति गठन गरेको छ । ४ सदस्सीय नगर कार्यालय टिम गठन गरेको बैठकले सुनवल ७,८,११ र १३ को वडा अधिबेशन समेत तय गरेको संयोजक श्यामले जानकारी दिनुभयो ।