बर्दघाट–४ बाढीपिडितमा खानेपानी आयोजना उद्घाटन

0

बर्दघाट – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ४ को नयाँ आयोजना उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता तथा संघीय सासंद विनोद कुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले आफु निर्वाचित भएर आएको चार महिना मात्रै भएको र हचुवा तालमा सबै काम गर्छु भन्दैमा विकास सम्भव नहुने बताउनुभयो ।
चौधरीले सो प्राथमिकीकरणमा आफ्नो क्षेत्रमा १ सय २ वटा योजनाका खाका तयार पारेको र १५ वटा गर्व गर्न लायक योजना छनौट गरि विभिन्न चरणमा काम भइरहेको बताउदै चिसापानी अस्पताल र बर्दघाटमा निर्माण हुने उद्योग ग्रामको काम अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय बुटवलकी ईन्जिनियर सुवेच्छा जिसीले आयोजनाका बारेमा प्रष्ट पार्दै कुल १३ करोड २३ लाख ७४ हजार ४ सय ८७ रुपिया अनुमान गरिएको र ठेक्का समझौता बाट ७ करोड १० लाख ९२ हजार ३ सय ५५ मध्य ट्यांकी ४ सय ५० घनमिटर, डिप बोरिंग २ वटा, गार्ड हाउस १ वटा, जेनेरेटर १ सेट र भल्भ चेम्बर १० वटा गरि ९० प्रतिशत नेपाल सरकारको लागत सहभागिता र १० प्रतिशत संस्थाको लागत सहभागितामा काम सम्पन्न भएको जानकारी गराउनुभयो ।
त्यस्तै सस्थाका अध्यक्ष बस्यालले संस्थामा यस अगावै बर्दघाटमा दुई वटा मुहान श्रोत र तिन वटा डिप बोरिंग मार्फत वडा नम्बर ४ का ४ हजार ५६ घरधुरीमा २४ सै घण्टा पानी वितरण गर्दै आइरहेको बताउदै अब यस वडामा करिव ९ घर धुरिमा धारा जडान बाँकी रहेको हुदाँ यसै आर्थिक बर्ष भित्र वडाका सबै घरधुरीमा एक घर एक धारा पुर्याइने लक्ष्यका साथ काम अघि बढिरहेको बताउनु भयो ।
सो अवसरमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्र प्रकाश उपाध्याय , समाजसेवी टेक बहादुर आरसी राजनितिक दलको तर्फबाट नेपाली कांग्रेसका बर्दघाट नगर सभापति दामोदर जिसी सल्लाहकारको तर्फ देखी सल्लाहकार रविन्द्र विक्रम हमाल, बर्दघाट ४ का वडाध्यक्ष बेदविना तिवारी, पुर्व सहसचिव तथा ईन्जिनियर सालिकराम पौडेल, लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कार्य समितिका पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी लगाएत उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा समितिका संयोजक दिपक लम्सालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर गुरुङ्गले गर्नुभएको थियो ।

You might also like