‘शैक्षिक गुणस्तरमा जोड दिदै बर्दघाट नगरपालिका’

सबै सरोकारवालाहरुको प्रयत्न बाट मात्र सिकाई उपलब्धि हासिल : नगर प्रमुख श्रेष्ठ

0

बर्दघाट – बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । उहाँले सिकाई उपलब्धिलाई ध्यान दिदै नगरले आगामी बर्षका शैक्षिक योजना बनाउने समेत उल्लेख गर्नुभयो ।

बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको शैक्षिक सत्र २०७८ को कक्षा ५ को उपलब्धि मापन परीक्षा नतिजा बिश्लेषण तथा भावी योजना निर्माण कार्यक्रममा बोल्दै उहाँले सबै सरोकारवालाहरुको प्रयत्न बाट मात्र सिकाई उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा शिक्षक र कर्मचारी संगै जनप्रतिनिधिहरु संगसंगै रहेको उल्लेख गर्दै कार्यक्रमले नयाँ कामको शुरुवात गरेको चर्चा गर्नुभयो । उहाँले ईच्छाले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउदै त्यसका लागि ईच्छा संगै लक्ष्य निर्धारण, सर्मपण र इमान्दारिता आवश्यक हुने बताउनुभयो ।’ईच्छाले मात्र सफल हुने होइन त्यसका लागि लक्ष्य निर्धारण ,सर्मपण र इमान्दारिता आवश्यक छ’ – उहाँले सरोकारवालामा माझ भन्नुभयो –’ शुरुवात आफैमा राम्रो कुरा हो । सबै मिलेर लक्ष्यमा पुगौं ।’
कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव लोकराज पन्थीले बिश्लेषण माथि प्रकाश पार्नुभएको थियो भने अधिकृत गोबिन्द शर्माले प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा धनपति पौडेलको संचालन रहेको थियो । उक्त कार्यक्रममा शैक्षिक क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

You might also like