पश्चिम नवलपरासी र रुपन्देहीमा चुनाव बहिष्कार अभियान तीब्र (फोटो फिचर)

0

बुटवल – नेकपा(क्रान्तिकारी माओवादी)ले पश्चिम नवलपरासी र रुपन्देहीमा निर्वाचन बहिष्कार अभियान तीब्र बनाएको छ ।


पश्चिम नवलपरासीको बर्दघाट बजार सहित ५ स्थानमा कोणसभाको आयोजना बुधवार गरेर प्रतिक्रियावादी राज्य सत्ता र दलाल संसदीय ब्यवस्थाको भण्डाफोर गरेको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा बर्दघाटमा आयोजित कोणसभामा पार्टीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले वर्तमान सत्ता र ब्यवस्थाको बिकल्पमा संघीय जनगणतान्त्रिक ब्यवस्थाका लागि संर्घष आवश्यक रहेको बताउनुभयो ।


त्यस्तै बासाबसहीमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य टिकाराम पौडेलले एमसीसी पास गर्ने दलालहरुलाई मत दिएर राष्ट्रघाती जनघातीहरुको मतियार बन्न नहुनेमा जोड दिनुभयो ।

क्रान्तिकारी माओवादीले बर्दघाटबजार , चिसापानीचोक , बासाबसही, भुमही , सुनवलमा कोण सभा गरेको केन्द्रीय जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी दिनुभयो ।

कोण सभामा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मनोज थापालगायतले सम्बोधन गरेको जनाइएको छ । बहिष्कार अभियानको क्रममा क्रान्तिकारी माओवादीले ब्यापक रुपमा पर्चा वितरण तथा पोस्टरिङ समेत गरेको छ । यसैबीच क्रान्तिकारी माओवादीले रुपन्देहीको खैरेनी, शितलनगर,भवानीपुर, ६ नम्बर चोक धकधई लगायतका निर्वाचन बहिष्कारको आब्हान गर्दै कोणसभा गरेको केन्द्रीय सल्लाहकार तथा रुपन्दही नवलपरासी ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री जानकारी गराउनुभयो ।

You might also like