रुपन्देही सहित लुम्बिनी प्रदेशका जिल्लामा निर्वाचन बहिष्कार अभियान तीब्र
रुपन्देही – नेकपा(क्रान्तिकारी माओवादी) ले लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुमा निर्वाचन बहिष्कार अभियान तीब्र बनाएको छ ।
सो क्रममा क्रान्तिकारी माओवादी जिल्ला समिति रुपन्देहीले मंसिर ४ गतेको आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने नीति अनुसार अभियान शुरु गरेको हो ।
शुक्रवार कञ्चन–५ मा एक कार्यक्रमको आयोजना गरेर क्रान्तिकारी माओवादीले संसदीय निर्वाचनको औचित्य नभएको बताएको हो । कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले संसदीय ब्यवस्थाको बिकल्प खोज्ने बेला आएको बताउनुभयो ।कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी बिनोद मरासिनी र अर्का नेता केजी कुमार पौडेलले समस्याको मुल जरो नै संसदीय ब्यवस्था र त्यसका मतियारहरु रहेको चर्चा गर्नुभयो । कार्यक्रमको संचालन रकेटले गरेको जनाइएको छ ।
त्यस्तै पश्चिम नवलपरासी, प्युठान,रोल्पा र अर्घाखाँचीमा समेत बहिष्कारका कार्यक्रम तीब्र पारिएको प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले जानकारी बताउनुभयो । प्युठानबाट प्रदेश स्तरको बहिष्कार अभियान शुरु गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।
अभियानकै क्रममा नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशले प्यूठान जिल्लाका विभिन्न ठाउँहरुमा विरोध भण्डाफोर तथा कोणसभा सम्पन्न गरेको छ । देउवा नेतृत्वको गठबन्धन सरकार र निर्वाचन आयोगले घोषणा गरेको संघीय र प्रदेश संसदको निर्वाचन सक्रिय बहिष्कार गर्न वक्ताहरुले जनतालाई अपिल गरेका छन् । प्युठानमा ६ स्थान र अर्घाखाँचीको ३ स्थानमा भण्डाफोर कार्यक्रम गरिएको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले जानकारी गराउनुभयो ।
आज भएका कार्यक्रमको विवरण यस प्रकार रहेको छ ।
१. बाग्दुला बजारमा कोणसभा सम्पन्न जसको संचालक विद्यार्थी नेता मनोज थापा वक्ता – पार्टीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपाने ।
२. बिजुवार बजार कोणसभा संचालक – मनोज थापा र वक्ता केन्द्रीय सदस्य टिकाराम पौडेल ।
३. मरन्ठाना बजारमा कोणसभा संचालक – मनोज थपा वक्ता केन्द्रीय सदस्य बिपीन रोकाया ।
४.क्वाडी बजारमा कोणसभा संचालक – मनोज थापा वक्ता- केन्द्रीय सदस्य लक्ष्मी चौलागाई ।
५. जुम्री बजार संचालक – जिल्ला सचिव सुरज र वक्ता – भुपेन्द्र न्यौपाने ।
६. चुजाठाँटी बजारमा कोणसभा संचालक – मनोज थापा वक्ताः भुपेन्द्र न्यौपाने ।
अर्घाखाँची जिल्लाका भएका कोणसभाहरु
१. भूमिकास्थान –२ राधापानी चोक कोणसभा संचालकः मनोज थापा वक्ता – भुपेन्द्र न्यौपाने ।
२. भूमिकास्थान–१ पिपलनेट कोणसभा संचालकः मनोज थापा वक्ता – विपिन रोकाया ।
३. सन्धिखर्क नपा– ८ किमडाँडा कोणसभा संचालक – मनोज थापा र वक्ता – टिकाराम पौडेल ।