पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा बालिकाको मृत्यु

0

तीज पर्वको पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ । बिहीबार सुनसरी बराहक्षेत्रको नहरमा नुहाउँन जाँदा एक जना बालिकाको मृत्यु भएको हो । बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ की १४ वर्षीया सलिना खड्काको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका अनुसार बिहान ७ः३० बजे नुहाउँदा डुबेर बेपत्ता भएकी सलिनाको शव दिउँसो फेला परेको थियो । सलिना बेपत्ता भएलगत्तै खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका थिए । नुहाउँन जादा चार जना डुबेकोमा तत्काल तीन जना उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्र्षीया शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ ।

नुहाउँने क्रममा डुबेका बराहक्षेत्र वडा नं. ३ कै २३ सोनु खडका र १४ वर्षीया इसा खड्काको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । rajdhanidaily

You might also like