डेढ करोडको चकलेट र कपडा बरामद

0

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डबाट ना५ख ६९५९ नंको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडासमेत फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाइएको छ ।

यसैगरी पर्सा प्रहरीले भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी चकलेट बोकेको बिपी१३बिए ०२४७ नंको भारतीय ट्रकलाई परवानीपुरबाट नियन्त्रणमा लिएको छ । सो ट्रक र चकलेटसहित रु ५० लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।   khabardabali

You might also like