तरकारी उत्पादक कृषकका पीडा : ‘तरकारी टिप्ने ज्याला समेत उठ्दैन’
नवलपरासी पश्चिम – पश्चिम नवलपरासीका तरकारी उत्पादक कृषकका उत्पादनले उचित भाउ पाउन सकेको छैन् । थोक दरमा सस्तो तरकारी बेच्दा उनीहरुको लागत समेत उठ्न नसकेको बताएका छन् ।
उखु खेती गर्दा चिनी मिलको बक्यौता बाट हैरान किसानले पछिल्लो समय तरकारी खेतीलाई बिकल्पका रुपमा अगालेका थिए ।
उखुखेती गर्दा उधारो बिक्री गर्न बाध्य भयौ, तरकारी खेती गर्दा उचित भाउ पाएनौ –सरावल – ३ जमुहवाका तरकारी उत्पादक कृषक मुनेश्वर चौधरीले भने–जे गर्दा पनि किसानलाई सुख छैन । मर्का मात्र छ । घाटाको खेतीले कति दिन टिक्न सकिएला ।
बर्दघाट शुक्रवारे हाटमा तरकारी बेच्न आएका मुनेश्वरको परिवारमा तरकारी खेती पारिवारिक पेशा हो । करेला, तिरई भान्टा,घिरौलालगायतका तरकारी बेच्न आएका उनले तरकारीको भाउ नपाउदाँ तरकारी टिप्ने ज्याला समेत नउठेको बताए । २०७९ साल भाद्र ११ गतेको बर्दघाट पोष्ट दैनिकमा समाचार छ ।