मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न शान्ति समाजको माग

0

परासी – मानवअधिकार तथा शान्ति समाजले वाइडबडी जहाज खरिद प्रकरणमा जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ । समाजको पश्चिम नवलपरासी जिल्ला शाखाले बिहीबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो । जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार र अनियमिततामा मन्त्री अधिकारीले संसदीय समितिमा नै पटक पटक झुट बोलेको प्रमाणित भइसक्दा पनि सरकारले बेवास्ता गरेकोले तत्काल बर्खास्त गर्नुपर्ने उसको माग छ । जिल्ला शाखा सभापति सन्तोष अधिकारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पठाएको ज्ञापनपत्रमा जहाज खरिद प्रकरणमा संलग्न अन्य प्रमुख व्यक्तिहरुलाई पनि कारबाही गर्न माग गरिएको छ । ज्ञापनपत्रमा अनशनरत डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गराउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

You might also like