जसपाले मन्त्री फेर्ने, कांग्रेसले नफेर्ने
नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका मन्त्रालयका मन्त्री फेर्दैछ । सम्भवतः नयाँ मन्त्रीको सपथ आजै हुने बताइएको छ । सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले पनि आफ्ना चारमध्ये तीन मन्त्री फेर्ने तयारी थालेको छ भने माओवादी केन्द्रले यस’bout केही बोलेको छैन । सत्ता साझेदार नेपाली कांग्रेसले भने मन्त्री नफेर्ने स्पष्ट पारिसकेको छ ।
कांग्रेसले मन्त्री नफेर्ने
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले सरकारमा सहभागी मन्त्रीहरू तत्काल हेरफेर नगर्ने भएको छ । सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले आफ्ना दलका तर्फबाट सरकारमा सहभागीमन्त्री हेरफेर गर्ने तयारी गर्दैगर्दा कांग्रेसले भने आफ्नातर्फबाट सरकारमा सहभागीमन्त्रीलाई नै निरन्तरता दिने भएको हो ।
‘कांग्रेसबाट जो मन्त्री छन्, उनीहरू रहन्छन्, हाम्रो तर्फबाट मन्त्री हेरफेरको कुरा छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले राजधानीसँग भन्यो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कांग्रेसले तत्काल मन्त्री हेरफेर गर्ने’bout नसोचेको जानकारी दिए । ‘कांग्रेसले तत्कालमन्त्री फेर्ने’bout सोचेको छैन, त्यस’bout छलफल नै भएको छैन,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।
जसपा मन्त्री हेरफेरको तयारीमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दबाब परेको बताइएको छ।
अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बताएको छ । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्।
सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको स्रोतको भनाई छ ।rajdhani daily