यस्तो हुन्छ स्थानीय तह सञ्चालन प्रक्रिया
कसरी गरिन्छ कार्यपालिका बैठक र नगर सभा ?
नयाँ संविधान जारीपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनबाट देशका ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर नयाँ कार्यकालका लागि काम सुरु गर्न थालेका छन् । राजनीतिक दलबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधि स्थानीय तहको नेतृत्वका लागि पुगेका छन् । जसमध्ये कतिपय यसअघि नै जनप्रतिनिधि भएर अनुभव हासिल गरेका व्यक्तिहरु छन् भने धेरैजसोले नयाँ भूमिकामा अभ्यास गर्दैछन् । राजनीतिक पृष्ठभूमिबाट उम्मेदवार भई जनप्रतिनिधि भएकाहरुका लागि आफ्नो पार्टीले पक्कै पनि भइहाल्छ । स्वतन्त्र निर्वाचित जनप्रतिनिधिको संगठन, कार्यकर्ता नभएका कारण काम गर्न जटिल हुने हो कि भन्ने कुरा पनि उठ्ने गरेको छ ।
स्थानीय तहमा पक्ष प्रतिपक्ष भन्ने हुँदैन् । यसकारण राजनीतिक रुपमा स्वतन्त्र व्यक्तिलाई कार्य सम्पादनमा असर गर्छ भन्ने मान्यता हामीले लिनु हुँदैन् । निर्वाचित भएर स्थानीय तहको नेतृत्वमा पुगेपछि पक्ष विपक्ष र पार्टी भन्ने हुँदैन एउटै टिम हो ।