गुजरात आईपीएल क्रिकेटको फाइनलमा : राजस्थान ७ विकेटले पराजित
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो ।
राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । गुजरातका डेभिड मिलरले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । कप्तान हार्दिक पाण्डेयले अविजित ४० रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
राजस्थानका जोस बट्लरले ८९ रनको अर्धशतकीय पारी खेले । कप्तान सन्जु सामसन ४७ रनमा आउट भए । गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डेयले १र१ विकेट लिए । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दैछन् । खेल राति पौने आठ बजे कोलकतामा हुनेछ । malmalafm