टाईम साकोसको ९ औं बार्षिक साधारणसभा

0

बर्दघाट १० पुष – टाईम साकोसको ९ औ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको समिक्षा गर्दै आगामी कार्ययोजना तय गरेको छ ।
सभामा प्रमुख अतिथि संबिधानसभा सदस्य सितादेवी वौडेलले सहकारीले ग्रामीण पुजी संकलनमा योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैककी शाखा प्रबन्धक सविना पोखरेल , राजेन्द्र सुनारलगायतले शुभकामना दिनुभयो ।
सभाले अध्यक्ष रुद्र प्रकाश उपाध्याय, कोषाध्यक्ष हरि भुर्तेल ,लेखा संयोजक केशव न्यौपानेलगायतको प्रतिबेदन पारित गरेको छ । कार्यक्रममा संस्थाकी उपाध्यक्ष फूल कुमारी गिरी (सिमा)को स्वागत मन्तब्य रहेको थियो । सहकारीले कोरोना मापदण्ड अनुसार साधारणसभा गरेको सचिव बोल्गा नेपालले जानकारी दिनुभयो ।

You might also like