पेट्रोलियम तथा खाद्य बस्तुमा गरिएको मुल्य बृद्धि बिरुद्ध संर्घषमा उत्रदैं क्रान्तिकारी माओवादी
नवलपरासी ः पेट्रोलियम पदार्थ तथा खाद्य बस्तुमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)को देशैभर संर्घषमा उत्रिदैंछ ।
सो क्रममा आज शनिवार सुस्ता–१ बरुवामा कोणसभा आयोजना गरिएको जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
‘तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, काला बजारियाहरुलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रण गर, भिआइपीको नाममा दिइरहेको पेट्रोलियम सुविधा बन्द गर, निगमका कर्मचारीहरुको अनावश्यक बोनस सुबिधा बन्द गर, जनघाती, राष्ट्रघाती सरकार मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’ लगायतका नाराहरुसहित कार्यक्रम हुने आयोजकले बताएको छ ।