गोर्खालीको आस्थाको केन्द्र कोलासिब शिव मन्दिर कमिटीको निर्वाचन सम्पन्न
रवि पाण्डेय कोलासिब ( मिजौरम ) – भारत मिजोरम राज्य कोलासिब क्षेत्रमा रहेको कोलासिब शिव मन्दिर कमिटीको निर्वाचन भएको छ । आइतवार सम्पन्न निर्वाचनबाटले बी.बी तामांग अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तैे निर्वाचनबाट बाबुराम शर्मा उपाध्यक्ष सचिवमा खेमबहादुर क्षेत्री कोषाध्यक्षमा धुब्र थापा सहसचिवमा सुरज जोशी बित्त सचिवमा मदन घर्ती र सुचना सचिवमा सहदेव बि. के. निर्वाचित हुनुभएको छ । बांकी सभा सदस्य र सल्लाहकार भने कमिटीको बैठकबाट हुने जनाइएको छ । कार्यक्रम गोपाल कुमार गौतमको अध्यक्षतामा भएको थियो । प्रेम गुरुंगको नेतृत्वमा रहेको निर्वाचन कमिटीले सो चुनाव गराएको थियो । कोलासिब शिव मन्दिर सन् १९२४ मा सो स्थानमा स्थानान्तरण गरिएको थियो । मिजौरमको कोँन्पुईको ढुंगा खानीबाट सो स्थानमा ल्याइएको मन्दिरमा रुद्राक्ष आकारको शिवस्वरुप मुर्ति रहेको छ । त्यसैले सो मन्दिरलाई रुद्रेश्वर शिव मन्दिर भनिन्छ । पुजारी गोबिन्द पौडेलमा अनुसार मन्दिरमा गोर्खाली समुदायका साथै हिन्दुका साथै कोलासिबक्षेत्रका रहेका सबै समुदायका हिन्दु दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ । कोलासिब एरियामा १ सय ५० घरधुरी गोर्खालीहरु रहेका जनाइएको छ । मन्दिरको ६ बर्ष पछि स्वर्णबर्ष पुरा हुनेछ । सो अवसरमा भब्य कार्यक्रम समेत गर्ने योजना रहेको कोलासिबवासीले बताएका छन् । मन्दिरमा रुद्राक्ष जस्तै शिव मुर्ति रहेको छ । मन्दिरमा नवदुर्गा भवानीको मुर्तिका साथै गोर्खालीको पहिचान खुकुरी अंकित मौलो पनि रहेको छ । मन्दिर परिसरलाई नेपालीभाषी गोर्खालीहरुको अगुवाईमा सुबिधासम्पन्न बनाइदै आएको कोलासिवका समाजसेवी मदन सुवेदीले जानकारी दिनुभयो ।