दुर्गम मानिने तमानखोलामा ‘एक घर एक धारा’ निर्माण

0
 बाग्लुङ । भौगोलिक हिसाबले बागलुङ जिल्लाकै दुर्गम मानिने तमानखोला गाउँपालिकाले पछिल्लो ४ वर्षमा १ हजार २०० धारा निर्माण गरेको छ । 

गाउँपालिकाले पानीको अभाव रहेका गाउँलाई केन्द्रित गरेर विभिन्न परियोजना सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले अझै १ हजार घरपरिवारका लागि एक घर एक धारा पुर्‍याउन बाँकी छ । तमानखोला–२ को खोलेस्बाङमा पछिल्लोपटक शुरू भएको सबैभन्दा ठूलो खानेपानी आयोजना चलिरहेको छ । खोलेस्बाङ विष्णुमाया घर्तीले पानीको धारा बनाउन आफैंले गिट्टी कुट्ने, ढुंगा बोक्ने, खानेपानीको पाइप लाइन खन्ने काममा खटिएका छन् ।

गाउँमा लामो समयदेखि खानेपानीको अभाव थियो । अभाव टार्न उनीहरूले २ वर्षदेखि खानेपानीको आयोजना निर्माण गर्दैछन् । कोरोना संक्रमण र निषेधाज्ञाले सोचेको बेलामा काम गर्न नपाएर ढिलाइ भएको छ । खोलाखोल्सीको पानी खाँदा बिरामी पर्ने समस्याले उनीहरूले पानीको खोजी गरेका थिए ।

अभियानमा ‘गोरखा वेयलफेयर ट्रस्ट’ दाताका रूपमा आइपुग्यो । यसपछि भने स्थानीयले हौसिएर काम गर्न थालेका छन् । गाउँपालिकासँग समन्वय गरेर काम भइरहेको छ ।

२ वर्ष अघिदेखि शुरू भएको आयोजना पूरा हुने चरणमा पुगेको छ । ‘यति दु:ख गरियो, अब घरमै खानेपानी पाइन्छ भन्ने आश छ,’ उनले भने, ‘पानीका कारण बिहानभर खर्चनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन समेत सकिएको थिएन, अब सजिलो हुने भयो ।’

आगामी चैतसम्ममा घरघरमा धारा ल्याउने गरी स्थानीयले काम गरेका हुन् । वर्षात्मा नजिकै पानीका स्रोत पाए पनि हिउँद र सुक्खायाममा बढी समस्या थियो । त्यसैले उनीहरूले पानी खेप्ने सास्ती खेपेका थिए ।khabardabali

You might also like