भुमहीमा एम सी सी बिरुद्ध संयुक्त प्रर्दशन
नवलपरासी – ६ बामपन्थी दल र दुई मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार पश्चिम नवलपरासीको भुमहीमा बुधवार बिरोध कार्यक्रम गरिएको छ । नेकपा क्रान्तिकारी माओवादी विप्लव नेकपा ,नेकपा मसाल राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बक्ताहरुले एमसीसी खारेजी गर्नुपर्नेमा जोड दिएका थिए । संयुक्त बिरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, विप्लव नेकपाका बिशेष समिति सदस्य सुमन ज्ञवाली , राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक सुवेदी , नेकपा मसालका जिल्ला प्रबक्ता धनपति सापकोटा ,देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट रवि पाण्डेय नेकपा माक्र्सवादी पुस्पलालका टोपेन्द्र नेपाल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको संचालन दुर्गा पाण्डेय बस्यालको रहेको थियो ।