बुटवलमा एमसीसी बिरुद्ध सार्वजनिक सुनुवाई !
राजु भुजेल
बुटवल : राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध आन्दोलनरत ८ दलीय संयुक्त विरोध कार्यक्रम रुपन्देहीको बुटवल पुस्पलाल पार्कमा सम्पन्न भएको छ । मंसीर २६, २७ र २८ गते सम्म निरन्तर एम सी सी सम्झौताका विरुद्ध गरिने तीन दिने कार्यक्रमको आइतवार सार्वजनिक सुनुवाई कार्यक्रम रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ने.क.पा. (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुबेदीले विगत चार वर्षदेखि एम सी सी सम्झौताका विरुद्ध नेपाली जनताले गरेको सशक्त आन्दोलनको दवावका कारण अहिले सम्म यो सम्झौता कार्यन्वयन नभएको दावी गर्नु भयो । उहँले र आन्दोलनकै भरमा यो सम्झौता खारेज गरिने समेत ठोकुवा गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लहाकार बद्रे आलम, नेकपा (माओवादी केन्द्र समाजवादी)का विनोद उपाध्याय, नेकपा मालेका जिल्ला सचिव रघुनाथ अर्याल, बामपन्थी बुद्धीजिवि ईश्वरचन्द्र ज्ञवाली, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की, माक्र्सवादी विचार मञ्चका विन बहादुर कुँवर, बुद्धिजीवि लिला बहादुर के सी लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र समाजवादी)का श्याम वि. क. ले स्वागत मन्तव्य दिनुभएको थियो भने राष्ट्रिय जनमार्चाका जिल्ला सचिव टान बहादुर खत्रीको स्रञ्चालन र देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका जिल्ला अध्यक्ष रामप्रसाद पोख«ेलको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी मंसीर २७ गते रुपन्देहीको भैरहवामा साँझ मशाल जुलुस र मंसीर २८ गते बुटवलको राजमार्ग चौराह (लखन चोक) मा विरोध कार्यक्रम रहेको संयुक्त कार्यक्रमका आयोजकले जानकारी दिएका छन् ।