अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेलाद्वारा प्रा.डा.भण्डारीको नेतृत्वमा नयाँ समिति निर्वाचित
काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासंघको राष्ट्रिय भेला इच्छुक साँस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले प्रा.डा. जगदीशचन्द्र भण्डारीको नेतृत्वमा ७ सदस्य पछि थप्ने गरी ६३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
शनिबार सम्पन्न भेलाले अध्यक्षमा प्रा.डा. जगदीशचन्द्र भण्डारी, उपाध्यक्षमा आदर्श राई र मित्रलाल पंज्ञानी, महासचिवमा हिरामणि दुःखी, सचिवमा मोदनाथ मरहठ्ठा र गौरी देवकोटालाई चयन गरेको छ । भेलाले सदस्यहरुमा डा. ताराकान्त पाण्डेय, इस्लामी, प्रा.डा. नन्दिश अधिकारी, धनेश्वर पोखरेल (प्युठान), परशुराम कोइराला (स्याङ्जा), ईश्वरी ओझा (चितवन), रविकिरण निर्जिव(चितवन), अनिल श्रेष्ठ (तनहुँ), श्रीकृष्ण सुलु (भक्तपुर), सुकुम शर्मा (काठमाडौं) लाई चयन गरेको छ । त्यसैगरी असल पाख्रिन(काभ्रे), छायादत्त न्यौपाने (पर्वत), शुशिला थापा (गोरखा), खगेश्वर भण्डारी (दाङ), यज्ञ बहादुर डाँगी (दाङ), चित्रबहादुर थारु (कैलाली), जितबहादुर लामा (काभ्रे), काजी गाउँले (कास्की), गोपाल वैद्य (दाङ), श्रीधर अधिकारी (दाङ), उमाकान्त आचार्य (मकवानपुर), सौगात सायर (रुपन्देही), शिला योगी (काठमाडौं), अर्जुन ढकाल (तनहुँ), प्रकाश घिमिरे (दाङ), पुण्य आचार्य (काठमाडौं), विजयराज आचार्य (प्युठान), पेमा लामा (सुनसरी), इश्वरी गुरागाई (ताप्लेजुङ), विवि राई (इलाम), अनिश योञ्जन (सिपा), अमिट योञ्जन (सिपा), विक्रम थापा (बाग्लुङ)लाई चयन गरेको छ । त्यसैगरी देवेन्द्र लम्साल (स्याङ्जा), शित्तल कर्ण (धनुषा), विशाल योञ्जन (काभ्रे), मिनप्रसाद मरहठ्ठा (गोरखा), नारायण शर्मा विपिन (चितवन), विजय पोखरेल (रामेछाप), इन्दिरा अधिकारी (ललितपुर), सुनिता बुढाथोकी (सिन्धुली), जय दाहाल (काठमाडौं), सफल सोडारी (ओखलढुंगा), डबल काफ्ले (झापा), नरसिंह धिमाल (मोरङ), असल वाइवा (सिपा), मिसमराज अधिकारी (चितवन), सुर्य भट्टराई (नवलपुर), देछन लामा (मुुगु), पेवा वाङ्वो लामा (मुगु) लगायतलाई चयन गरेको छ ।
प्रा.डा.जगदिश चन्द्र भण्डारीको अध्यक्षता, हिरामणि दुःखीको सञ्चालन र मित्रलाल पंज्ञानीको स्वागतमा सम्पन्न भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दैै पार्टी महासचिव किरणले क्रान्तिमा हतिरधारी र संस्कृतिधारी सेना दुवै आवश्यक हुने कुरा बताउनु भयो । उहाँले महान सहिदहरुको सपना र उद्देश्यमाथि गम्भिर घात र गद्दारी भएको चर्चा गर्दै घात र गद्दारीका विरुद्ध आम साँस्कृतिकर्मीहरुलाई जागृत गर्न आवश्यक भएको बताउनु भयो । कतिपय पारिभाषिक पदावलीले गर्दा जनतामा क्रान्तिकारी र अवसरवादीहरुको भेद नछुट्टिने समस्या रहेको चर्चा गर्दै महासचिव किरणले जनताले बुझ्ने भाषामा त्यस्ता विषयहरुलाई स्पष्ट पार्नुपर्ने पनि बताउनु भयो ।
त्यसैगरी भेलामा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय क्रान्तिकारी बुद्धिजीबी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंहले अहिले संशोधनवादी हावा निकै जोडतोडले बगिरहेको र त्यसका विरुद्धमा भण्डाफोर गर्न र उनीहरुले जनतामा छरेको भ्रम साफ गर्न साँस्कृतिककर्मीहरुले वैचारिक रुपले तीखो कलम चलाउन जरुरी भएको बताउनु भयो ।
भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी, माक्र्सवादी सांस्कृतिक मोर्चाको तर्फबाट डा. ताराकान्त पाण्डेयले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।