राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै दाङमा बिरोध सभा
ईश्वरी प्रसाद गैरे
दाङ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला समितिको आयोजनामा तुलसीपुरमा एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध सभा गरिएको छ । एमसीसी सम्झौता विरुद्ध राष्ट्रघाती एमसीसी खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, लिपुलेक,कालापानी हाम्रो हो ,भारतीय विस्तारवाद कालापानी छोड जस्ता नारा जुलुस सहित बिरेन्द्र चोक, बिपि चोक हुँदै बसपार्कमा पुगेर आमसभामा जुलुस परिणत भएको थियो ।क्रान्तिकारी माओवादीदाङ जिल्ला सचिव नरेन्द्र बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माआवादी) दाङ जिल्ला इञ्चार्ज समीर केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे , अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामजी चौधरी , क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय महासचिव दिल बहादुर कठायत लगायतको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको , एमसीसी सम्झौताले देश अस्थिरता तिर जाने, द्वन्द बढने र नेपाल रणनीतिक रुपमा द्वन्द्वग्रस्त हुने बताउनुभएको थियो ।कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तिलक बिकले गर्नुभएको थियो ।