बहुउद्धेश्शीय कार्य गर्दै बिशाल सहकारी
दुध संकलन तथा भण्डारण केन्द्र संचालन
प्रकाश न्यौपाने
नवलपरासी – बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यालय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले नेपाल सरकार कृषि तथा पशुपंछि बिकास मन्त्रालय र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको साझेदारीमा दुध संकलन तथा भण्डारण केन्द्र संचालन गर्न लागेको जनाएको छ ।
सस्थाले सोमबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष विनोद खनालले ग्रामिण क्षेत्रमा रहनु भएका कृषकहरुलाई लक्षित गरेर बर्दघाट नगरपालिका वार्ड नम्बर ४,७,९,१२,१६ मा दुध संकलन तथा बिक्री र वार्ड नम्बर ४ मा दुध बिक्री केन्द्र राखिने बताउदै उहाले यस आयोजनाबाट ५ हजार ५ सय जना प्रत्यक्ष र अप्रत्यक्ष लाभान्वित हुने बताउनु भयो ।
१ करोड १६ लाख ४८ हजार ६ सय ९६ रुपैयाको कुल लगानीमा संचालन हुने दुध सकलन तथा भण्डारण केन्द्रमा नेपाल सरकार र बिशाल बहुउद्देश्यीय सहकारीको पचास र पचास प्रतिशत लगानी हुने खनालले बताउनु भयो ।
दैनिक ६ हजार देखी १० हजार लिटर सम्म दुध संकलन गरिने लक्ष्य राखिएको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाका सचिब प्रेम प्रसाद अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार दुध संकलन तथा भण्डारण केन्द्र आयोजना अन्तरगत दुध खरिद गर्ने, दुधको बजारीकरण गर्ने, स्वरोजगारमा वृद्धि गर्ने र शेयर सदस्य कृषकहरुलाइ आय स्तरमा अभिबृदि गर्ने मुख्य उद्देश्य रहेको बताउनु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सबालहरुको जवाफ दिदै सस्थाका उपाध्यक्ष टिकाराम खनालले कृषकहरुलाइ तालिम र भैसि गाइलाई चाहिने प्राबिधिक सहयोग सस्थाले समय सापेक्ष रुपमा उपलब्ध गराउने बताउनु भयो ।
यही असोज १० गते देखी सुरु भएको यो आयोजना २०७९ कार्तिक ३० सम्म रहने बताइएको छ । कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख मायादेबि पौडेल, कृषि शाखा प्रमुख भरत लम्साल, पत्रकार, कृषक एव शेयर सदस्य गरि करिव ४ सय जनाको उपस्थिति रहेको बिशाल बहुउद्देश्यीय सहकारीका व्यवस्थापक कमल चौधरीले बताउनु भयो ।