एमाले सुस्ताद्वारा अन्तरर्किया कार्यक्रम सम्पन्न 

0

सुस्ता: नेपाल कम्युनिष्ट पार्टी एमाले सुस्ता गाउपालिका कमिटीले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । 

पालिका कमिटी अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोश) को अध्यक्षता ,एमाले केन्द्रिय परिषद सदस्य राजु प्रसाद हरीजनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष डोलराज भण्डारीको विशिष्ट आतिथ्यता र सुस्ता गाउपालिका प्रमुख राम प्रसाद पाण्डेयको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी राजु प्रसाद हरिजनले

प्रचण्डका सत्तामोहकै कारण नेकपा फुटेर देश अस्थिरता तिर गएको हो अव माओवादी पार्टीमा वस्नुको कुनै औचित्य छैन सवै कमरेडहरु एमालेमै रहेर आगामी चुनावमा एमाले उमेदवारलाई विजयी गराउन का लागी गोलबद्द भएर अघि वढ्न जरुरी रहेको बताउनुभयो ।

विशिष्ट अतिथि डोलराज भण्डारीले देश विकास र निकासको लागी केपी ओलिको नेतृत्व रहेको एमाले पार्टीले मात्र सक्नेहुदा सवैजना एमालेमै रहेर अघि बढ्न पर्ने आजको आवश्यकता रहेको भन्नुभयो।

कार्यक्रममा अधिकाश सहभागी पुर्व माओवादी त्यागी एमालेमै रहेकाहरुको थियो। सहभागीवाट आएका सल्लाह गुनासोहरु प्रमुख अतिथी लगाएतका वक्ताहरुले सम्वोधन गर्नुभएको थियो ।

सुस्ता गापा वडा नं २ का अध्यक्ष कृष्णलाल मुखियाको स्वागत मन्तव्य , गा पा प्रमुख राम प्रसाद पाण्डेय, उप प्रमुख ईन्द्रकुमारी थरुनि, जिल्ला सदस्य धन बहादुर,नेतिराम चौधरी ,सिमा गिरी , महातम हरिजन लगायतले सुस्तामा भएका विकासहरुको चर्चा एवम संगठनको गतिविधिहरुको विसयमा मन्तव्य राख्नु भएको थियो।कार्यक्रम सन्चालन राष्ट्रिय युवा संघका नेता हरिलाल दुषाधले गर्नु भएको थियो ।

टोल टोलमा पार्टी प्रवेश कार्यक्रम गर्दै कसैलाई विभेद नगरी न्यायोचित जिम्मेवारी सहित संगठन विस्तार गर्दै लगिने अध्यक्ष ज्ञान प्रसाद पाठकले जानकारी दिनुभयो ।

You might also like