असोज–कात्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने, सरकार भन्छः २ लाख संक्रमित थपिन सक्छन्
सरकारले आगामी असोज–कात्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने आकलन गरेको छ।
स्वास्थ्य मन्त्रालयले यस्तो आकलन गरेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिएका हुन्।
उनका अनुसार अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुनसक्ने सरकारको अनुमान छ। यसमध्ये ३८ हजारलाई अस्पताल र ९ हजारलाई आईसीयू चाहिनसक्ने उनले बताए। ..Nepalkhaber