बुटवलमा विपन्न परिवारलाई निःशुल्क ५ बाख्रा र खोर !
आयआर्जनमा लागि बाख्रा पाएपछि कृषकहरु खुसी
रवि पाण्डेय
बुटवल २८ असार – रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाले विपन्न परिवारलाई बाख्रा वितरण गरेको छ । विपन्न परिवारलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन उपमहानगरले प्रतिपरिवार ५ वटा बाख्रा दिएको हो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत बाख्रा दिनुका साथै खोर निर्माणका लागि प्रतिपरिवार १५ हजारका दरले रकम उपलव्ध गराइएको छ । विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले गरिएको यस कार्यक्रमको असार तेस्रो साता उपमहानगरका प्रमुख शिवराज सुवेदीले आरम्भ गर्नुभएको थियो ।
त्यस्तै सोमवार कार्यक्रम अन्तरगत बाख्रा वितरण कार्यक्रम गरिएको छ । आयआर्जनमा लागि बाख्रा पाएपछि कृषकहरु खुसी भएका थिए । उनीहरुले आफुहरुलार्ई आयआर्जनमा जोड्ने कार्यक्रम गरेको भन्दै बाख्रापालन गरेर जिविकोपार्जन गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
बुटवल उपमहानगर –१३, १६, १७ र १९ का १९ विपन्न परिवारका १९ घरपरिवारलाई टोल विकास संस्थामार्फत छनौट गरेर आयआर्जनमा टेवा पु¥याउने र स्वरोजगार गराउन कार्यक्रम गरिएको मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमकी मनोनित सदस्य तथा कार्यक्रम संयोजक मधुकला कुवँरले बताउनुभयो । सबैको सहयोगबाट यस्तो बिषय परिस्थितिमा पनि कार्यक्रम सम्पन्न भयो– कुवँरले भन्नुभयो–बाख्रा आपुर्ति कर्ता देखि सबैलाई आभार ब्यक्त गर्न चाहन्छु ।कार्यक्रम अन्तरगत खोर निर्माण तथा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको पशुपंन्छी शाखा प्रमुख झबिन्द्र बन्जाडेको जानकारी दिनुभयो ।