कृषि उपज तथा जडिबुटी संकलन एंव बिक्री वितरण केन्द्र निर्माण कार्यमा तीब्रता

0

बर्दघाट २७ जेठ- बर्दघाट नगरपालिका –२ चिसापानीस्थित बुधवारे हाटबजारमा कृषि उपज तथा जडिबुटी संकलन एंव बिक्री वितरण केन्द्र निर्माण कार्य तीब्र बनाइएको छ ।

केन्द्रको नगर प्रमुख धीरज शर्मा बस्यालले २१ गते विहीवार शिलान्यास गर्नुभएको थियो । नगरमा उत्पादित कृषि उपज तथा संकलित जडिबुटी बजारीकरणमा सहज बनाउने उद्वेश्यले केन्द्र निर्माण थालिएको प्रमुख बस्यालले बताउनुभयो ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष एंव केन्द्र निर्माण उपभोक्ता समितिका संयोजक होमबहादुर गुरुंगले केन्द्र संचालननमा आएपछि नगर मात्र नभई जिल्लाकै कृषि उपज तथा जडिबुटी संकलन तथा बजारीकरणमा सुबिधा हुने बताउनुभयो ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुहले जडिबुटी खेती गरेर उत्पादन प्रर्वद्धन तथा बजारीकरण गर्दै आएको छ । यो समुहबाट उत्पादित जडिबुटीका कच्चा पद्धार्थ तथा प्रसोधित तेल युरोपका बिभिन्न बजारमा बिक्री हुदै आएको छ ।
संयोजक गुरुंगका अनुसार नगरको ५९ लाख सहित उपभोक्ताको ५ प्रतिशत लगानीमा ४५ वटा ट्रस निर्माणको योजना मध्ये ३३ प्रतिशत काम सम्पन्न भएको छ । यही आर्थिक बर्ष भित्र योजना सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
केन्द्र संचालनमा थप सहज हुने गरी सोही स्थानमा सार्वजनिक शौचालय निर्माण समेत भइरहेको गुरुंगले बताउनुभयो । शौचालयको लागत २१ लाख रुपैया रहेको बर्दघाट नगरपालिकाले जनाएको छ ।

You might also like