तीन दिनपछि सरावल गाउँपालिकाकाे दैनिकी कामकाज पुनः सुचारु

0

पश्चिम नवलपरासीको सरावल गाउँपालिका तीन दिनपछि पछि दैनिक कामकाज सुचारु हुने भएको छ।

कर्मचारीले महिलालाई दुर्ववहार गरेको भन्दै सरावल गाउँपालिकाकाे कार्यालय गेटमा अन्तर पार्टी महिला सञ्जालद्वारा चैत २४ गते तालाबन्दी गरिएको थियाे।

गाउँपालिका गेटमा लगाइएको ताला लामो वार्तापछि बिहीबार राति खाेलिएका हाे।

अन्तर पार्टी महिला सञ्जालद्वारा विश्व नारी दिवसकाे अवसरमा पालिका स्तरीय नारी दिवस सम्पन्न भई साे कार्यक्रममा हुन गएकाे खर्च बिल भरपाईकाे फर्छाैट गर्न गइकी अनिता कहाँर माथि लेखा प्रमुख नारायण पाण्डेयले अाप्पतिजनक शब्द प्रयाेग गरि लैंगिक हिंसा तथा दुर्ब्यवहार गरेकाे भन्दै महिला सञ्जालले घाेर भर्सना गर्दै गाउँपालिका गेटमा तालाबन्दी गरिएको थियोे ।
बिलभरपाई हेरि दुख दिने र एक हप्ता देखि डकुमेन्टमा कमि कम्जोरी देखाएको तथा फर्छाैटकाे लागि गएकाे समयमा महिला सन्जाल सदस्य अनिता कहारलाई लेखाप्रमुख पाण्डेले अाप्पतिजनक शब्द प्रयाेग गरेको कहाँरले अाराेप लगाएकी थिन ।

अाप्पति जनक शब्द प्रयाेग गरेको भन्दै महिला सन्जाल अध्यक्ष मिना चाैधरी लगाएतकाे टाेलिले गाउँपालिका गेट अगाडि ताला लगाएका थिए ।गाउँपालिकाद्वारा महिला सन्जाल र पालिका बिच बसिएकाे बार्तामा लेखा प्रमुख नारायण पाण्डेयले अाफुले बाेलेकाे अाप्पतिजनक शब्दप्रती माफि मागी यस्ता गल्ती अगामी दिनमा नदाेहरिने प्रतिब्द्धता ब्यक्त गरेका हुन ।

त्यस्तै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सेवाग्राहीकाे हरेक काम कर्मचारीहरुले सजिलो वातावरण बनाएर सभ्य ब्यवहार गरेर काम सम्पादन गर्न निर्देशन दिनुभएको हाे ।
त्यस्तै उपाध्यक्ष उत्तमा रायले जाे काेहि कर्माचार्यले महिलामाथि गरेको दुर्व्यवहार र अाप्पतिजनक शब्दप्रती अाफुले सहेर बस्न नसक्ने भन्दै यस्ता गतिविधि अगामी दिनमा दाेहरीन नहुने भन्दै हरेक जनतामाथि सरल र सभ्य ब्यवहार बनाएर बाेल्न निर्देशन दिनुभएको हाे।

You might also like