नवलपरासीमा सभा सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न आग्रह
उमेश बि.क / नवलपरासी
कोरोनाको दोस्रो लहरको त्रास बढे सँगै पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।
बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गर्दै भिड भाड हुने सभा, सम्मेलन, र्याली, लगाएतका कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
त्यस्तै जिल्ला प्रसासन कार्यालयले माक्सको नियमित प्रयोग गर्न, भौतिक दुरि कायम गर्न , नियमित रुपमा हात धुन वा सेनिटाईजरको प्रयोग गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) जोरासिंह माझीद्वारा हस्ताक्षरित सूचनामा जिल्लामा काेभिड १९ काे अवस्था समेत विचार गरि खुल्ला सिमानाकाकाे कारण मानिसहरूकाे बढी अावतजावतले यश जिल्लामा समेत संक्रमणकाे जाेखिम बढ्न सक्ने हुदा अत्यावश्यक सेवाका पसल बाहेक १० बजे भन्दा बढी पसल ब्यवसाय सन्चालनमा राेक लगाइएको हाे।
पश्चिम नवलपरासी भारतको सिमासँग जोडिएको हुँदा पनि कोरोनाको दोस्रो लहरको त्रास जिल्लामा बढि रहेको विज्ञहरु बताउछ्न ।