महिला हिंसा न्युनिकरण गर्न महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ : सरोकारवाला
फागुन २३ । पश्चिम नवलपरासीको भुमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले महिला हिंसा न्युनिकरणका लागि महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुनवल–१२ को रामनगर महिला सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सुनवल नगर प्रमुख भिमबहादुर थापाले महिलालाई आर्थिक रुपमा सबल बनाएर मात्रै महिला हिंसा न्युनिकरण गर्न सकिने कुरामा जोड दिनुभयो । उहाँले महिलालाई व्यवसायिक रुपमा सबल बनाउन नसक्दा सम्म महिलाको संरक्षण नहुने र महिलाले हिंसा सहदा उनीहरुका बालबच्चामा समेत असर पर्ने भएकाले सुनवल नगरपालिकाले नगर क्षेत्रका महिलाकालागि स्पष्ट नीति बनाएर अघि बढेको बताउनुभयो ।
त्यस्तै सुनवल नगर उपप्रमुख ददिराम अर्यालले सुनवल क्षेत्रका महिलालाई हिंसा गर्ने कारवाहि गरिने बताउनुभयो । उहाँले सुनवल नगरपालिकामा महिलालाई आर्थिक रुपमा सबल बनाउन १३ वटै वडामा गठित उद्यम केन्द्र मार्फत सहयोग गरिने जानकारी गराउनुभयो ।
१११ औं श्रमिक महिला दिवसको अवसरमा महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार बिषयक अन्तरक्रिया कार्यक्रममा रामनगर महिला सञ्जालका अध्यक्ष दुर्गा बस्यालले महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिनुभयो उहाँले रामनगर क्षेत्रका महिलाहरुलाई समेटेर उद्यम गर्ने र त्यी उद्यमलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । महिलाहरु दिन प्रतिदित असुरक्षित बन्दै गएकाले बलात्कारीलाई सजाय दिन दवाव दिने उद्धेश्यले सुनवल नगरपालीका महिलाहरुको हस्ताक्षर संकलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै वडा नम्बर १२ का अध्यक्ष यमलाल पाण्डेले महिला सिप युक्त हुने हो भने अधिकार प्राप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अधिबक्ता सरस्वती शर्माले महिलाहरु महिला अधिकार र कानुनका बारेमा अनबिज्ञ भएकाले पनि आफु कमजोर महसुस गर्ने गरेको जिकिर गर्नुभयो ।
त्यस्तै जिल्ला समन्वय समितिकी सदस्य उषा बञ्जाडेले अझै पनि महिलाले हिंसा दवाएको भन्दै महिलाहरुलाई न्यायीक समिति मार्फत हिंसा उजागर गर्न जोड दिनुभयो । सुनवल नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले महिलाहरुलाई उद्यमताको क्षेत्रमा लगानि गरि काम गरिरहेको र महिलाहरुलाई यसतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला उद्यम सुनवल १२ का अध्यक्ष राधिका न्यौपाने, समाजसेवी डाक्टर शिवशंकर बस्याल, तारा भण्डारी, अडिग बिक, तारा डुम्रे, फुलमाया चापागाँई लगाएतले महिला हिंसा न्युनिकरणमा सरोकारवालाले चासो दिएर काम गर्नुगर्नेमा जोड दिएको सञ्जालका सचिव बबिता बिकले जानकारी दिनुभयो ।
RAdio parasi