चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

0

काठमाडौं, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध मंगलवार रित नपुगेर दर्ता नभएको निवेदनसमेत बुधवार अदालत खुलेलगत्तै दर्ता भएका हुन् । राजाराम घिमिरे र लोचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता भएको हो ।

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको लिखित वक्तव्य निकालेका थिए । उक्त लिखित वक्तव्यले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दालाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाइएको छ ।

उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतकाे अवहेलना गरेकाे दाबी निवेदनमा गरिएकाे छ । निवेदनमा चारै जना पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिन माग गरिएको छ।

उनीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र यसलाई अदालतले बदर गर्नुपर्ने आशयको वक्तव्य दिएका थिए । मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि अदालतको अवहेलनामा दुई थान निवेदन दर्ता भएका थिए ।

News24

You might also like