खोप बनाइरहेको भारतीय प्लान्टमा आगलागी, पाँच जनाको मृत्यु

0

कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ। पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन्।

सिरम इन्स्टिच्युटको भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको मेयर मोहोलले जानकारी दिएका हुन्।

बिहीबार दिउँसो आगो लागेपछि तत्कालै १० वटा दमकल त्यहाँ पुगे पनि फसेकालाई निकाल्न नसकिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

Lumbini times

You might also like