पुरातात्विक महत्वको कमलपोखरीमा मध्यरातमा चलाईयो डोजर
काठमाडौं । पुरातत्व विभागको निर्देशन विपरित कमलपोखरीमा रातारात डोजर चलाएर जैविक हिलो माटो निकालिएको छ । सो हिलो माटो नारायणस्थान बुढानिलकण्ठमा लगिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १ रहेको पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट संरचना बनाउन थालेपछि निर्माण रोक्न माग बढेको थियो ।
पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भएपनि त्यसको वेवास्ता गर्दै मध्यरातमा नै डोजर चलाएर कमलपोखरी हिलो माटो निकालिएको हो ।
पोखरी निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधि भित्र रही कार्य गर्न पुरातत्व विभागले पठाएको पत्रको महानगरले वेवास्ता गरेको छ ।
मिर्मिरे अन्लाईन