राष्ट्रियता खत्तरामा प¥यो क्रान्तिकारीहरुले पहल लिनुपर्छ– महासचिव बैद्य

प्रतिरोध संर्घषमा जोड

0

बाँके ५ पुष – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले प्रतिरोध संर्घषमा जोड दिनुभएको छ ।
आइतवार बाँकेको जी गाऊमा पार्टीका पश्चिम ब्युरोका नेताहरुलाई सम्बोधन गर्दै उहाँले अब प्रतिरोध संर्घषमा जुट्न निर्देशन दिएको पाटी निकट स्रोतले जनाएको छ ।
महासचिव बैद्यले राष्ट्रियता जनतन्त्र र जनजिविकाको सवाल झन् विकराल बन्दै गएको बताउनुभयो । संसदीय ब्यवस्थामा संकट आएको छ –उहाँले भन्नुभयो– यतिबेला हामीले पहलकदमी लिनु आवश्यक छ ।
संसदवादीहरुको लुछाचुडीले प्रतिगामी तत्वहरु सल्बलाएको उहाँको भनाई थियो । उहाँले डबल नेकपाले आफूलाई कम्युनिष्ट भन्ने भम्र दिएको र अब जनतामा त्यो भम्र्र टुटेको बताउनुभयो । महासचिव बैद्यले क्रान्तिकारी ध्रुबीकरणमा समेत जोड दिनुभयो । संयुक्त मोर्चा तथा पार्टीका कार्यक्रमहरुलाई तीब्रता दिदै क्रान्तिकारीहरु एकठाँउ नभई सुखै छैन – महासचिव बैद्यले भन्नुभयो ।
बैठकमा उहाँले क्रान्तिको वर्तमान अवस्था र राष्ट्रिय एंंव अन्तराष्ट्रिय परिस्थितिका बारे प्रशिक्षण दिनुभएको पार्टी स्रोतले जनाएको छ ।
ब्युरो बैठक स्थायी समिति सदस्य तथा ब्युरो ईञ्चार्ज राजबीरको अध्यक्षतामा भएको थियो ।
ब्युरो बैठकमा लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका कार्यरत केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
त्यस्तै ब्युरो बैठक पछि लुम्बिनी प्रदेश समितिको सोमवार बैठक हुने भएको छ । प्रदेश सेक्रेटरी प्रमोदका अनुसार बैठकका लागि प्रदेश सदस्यहरु जुटिसकेका छन् । बैठकले संगठन तथा सर्घषका कार्यक्रमहरु तय गर्ने उहाँले बताउनुभयो ।

 

 

You might also like