सुस्तामा बिजुली बत्ती उद्घाटन

0

नवलपरासी १७ मंसिर – भारतीय अतिक्रमणको चपेटामा परेको सुस्तामा बुधबार बिजुली बत्ती उद्घाटन गरिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा सोलार मिनी ग्रिड प्रविधि मार्फत बिजुली बत्ती बालिएको हो ।
ग्रिडको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गर्नुभयो । राष्ट्रिय प्रशारणमा नजोडिएको सुस्तामा सोलार मिनी ग्रिडको उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताले आश गरेका राजनीतिक दलहरु आपसी किचलोमा अल्मलिनु नहुने बताउदैं जनताको इच्छा विपरीत आन्तरिक किचलोमा नफस्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री लालबाबु पण्डित ,लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी प्रदेशसभाकी उपसभामुख कृष्णी थारु, प्रदेशसभा सदस्य भगवती भण्डारी , अजय शाहीलगायत हुनुहुन्थ्यो ।
यस परियोजनाबाट सुस्ताका २ सय ६५ घरधुरी उज्यालो भएको गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रविन्द्र बनियाँले सौय ऊर्जाको निर्माणसँगै सुस्ताबासीले राहतको महसुस गरेको बताउनुभयो ।
सौर्य मिनी ग्रिड परियोजनाको लागत ४ करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैयाँ रहेको छ । औपचारिक कार्यक्रमको संचालन सुस्ता गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले गर्नुभएको थियो ।

 

You might also like