बालपुरीबाबा आश्रम पर्यटकीयस्थलको रुपमा विकास हुँँदै

0

सुस्ता १० मंसिर – सुस्ता गाउपालिका वडा नम्बर १ छिवनी रहेको धार्मिक पर्यटकीय स्थल बालपुरीबाबाको आश्रमलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन पालिका लागि परेको छ । पालिकाले बालपुरी धामलाई यसक्षेत्रकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बनाउनका लागि स्थानीयसंग सहकार्य गर्दै विकास निर्माणमा जुटेको हो । सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले बालपुरी आश्रमलाई धार्मिक पर्यटकीय स्थल बनाउनका लागि १ करोड बढी लगानी भएको जानकारी दिनुभयो । सरकारी तहबाट एक करोड बढी लगानी भएको छ – उहाँले भन्नुभयो ।– अब धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भयो । स्थानीय सरकार प्रदेश सरकार र तराई मधेश समृद्धि कार्यक्रमबाट उक्त रकम खर्च भएको पाण्डेको भनाई छ । बालपुरी मठ बालपुरी बाबाको समाधि स्थल मानिन्छ । स्थानीयवासी तथा सुस्ता १ का वडासदस्य ज्ञानप्रसाद न्यौपानेले बालपुरी मठ धार्मिक हिसावले बालपुरी बाबाको ५२ वटा मठ मध्येको एक तथा बाबाको समाधिस्थल रहेकाले आन्तरिक रुपमा धार्मिक पर्यटकीय स्थल रहेको बताउनुभयो । मठभित्र १ सय ८ शिवपीठ कालिका मन्दिर र बाबाको समाधिस्थल तथा बिभिन्न संरचनाहरु बनाइएका छन् । बालपुरी धार्मिक क्षेत्रको विकास हुदै गएको र यसको उचित प्रचारप्रसार आवश्यक रहेको स्थानीय सुशिला तिवारी डुम्रेले बताउनुभयो । यहाँ नवलपरासी पूर्व र पश्चिम रुपन्देही कपिलबस्तु चितवन र भारतका बिभिन्न स्थानबाट दर्शनार्थीहरु आउने गर्दछन । यहाँ दर्शन गर्दा मनोकाक्षा पुरा हुने धार्मिक विश्वास छ । साउन महिनाभरि मेला लाग्ने यो आश्रम ३ बिगाहा क्षेत्रफलमा फैलिएको छ । यसको नजिकै चुहाडी कुमारवर्ती धार्मिक ऐतिहासिक क्षेत्र पनि छ । सुस्ता गाउपालिकामा कोलीय गणराज्यको सिमाना मानिने अनोमाघाट ( नारायणी ) र मदारबाबा धार्मिक क्षेत्र समेत पर्दछ ।

You might also like