पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित नेता जगतबहादुर श्रेष्ठको गरियो अन्त्यष्टी

0

चितवन। नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार दिवंगत कमरेड जगतबहादुर श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ । उहाँको चितवनस्थित देवघाटमा शुक्रबार विहान अन्त्यष्टी गरिएको हो । उहाँको पार्थिव शरीरमा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम चन्द्रहरी सुवेदी अटलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पार्टीकी पीवीएम तथा महिला नेतृ अम्बिका मुडभरी, पार्टी केस घननाथ सापकोटा, चितवन जिल्ला सचिव अशोक शर्मा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


अन्तिम श्रद्धाञ्जलीमा अन्य पार्टीका नेताहरु, सांसादहरु तथा दिवंगत नेता श्रेष्ठका सहकर्मी तथा परिवारजनको उपस्थिति रहेको थियो ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले पार्टीको तर्फबाट शुक्रबारै एक वक्तव्य जारी गरी कमरेड जगतबहादुर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

Moolbato

You might also like