के कुलमानलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गर्न लागिएको हो ?

0

भदौ २५ काठमाण्डौं ।

विद्युत प्राधिकरणलाई ३६ अर्ब घाटाबाट उकासेर नाफामा ल्याउन मात्र हैन देशलाई लोडसेडिङ मुक्त बनाउने काममा नेतृत्वदायी भूमिका खेलेर चर्चा कमाएका कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न जोडदार माग भईरहेका बेला उनलाई आधा कार्यकालका लागि मात्रै सिफारीस गर्ने समाचार सार्वजनिक भएका छन् ।

आजै बस्ने मन्त्रीपरिषद्मा कुलमान बारे निर्णय हुने भनिए पनि आज मन्त्रीपरिषद्को बैठक नै स्थगित भएकाले भोली बस्ने बैठकले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने संभावना छ ।

यसका लागि उर्जामन्त्री बर्षमान पुनले प्रस्ताव लैजाने तयारी गरेका छन् ।तर स्रोतका अनुसार उनलाई २ बर्षका लागि मात्रै सिफारीस गर्ने संभावना छ ।तर उनलाई चार बर्षकै लागि नियुक्ति दिन समेत दबाब परीरहेको बताईन्छ ।भोली बस्ने मन्त्री परिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने भने लगभग निश्चित बनेको छ ।..mirmire online

You might also like