कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको अंग निकालिन्छ भन्दै अफवाह फैलाउने पक्राउ

0

भदौ २२,

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको अंग डाक्टरले निकाल्ने गरेको अभियोग लगाउनेसहितका अभिव्यक्ति दिएका व्यक्ति पक्राउ गरेका छन् ।

प्रहरीले कोरोना भाइरसको संक्रमण र त्यससँग जोडिएर अफवाह फैलाएको अभियोगमा सुवास सुब्बा लिम्बु नाम गरेका ती व्यक्तिलाई सोमबार बिहान ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो ।

आफूलाई प्राकृतिक चिकित्सक बताउने उनलाई ढोलाहिटी स्थित आयुर्वेद अनुसन्धान केन्द्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिएका छन् ।

उनले हालै विभिन्न युट्यूब च्यानलहरुमा कोभिड–१९ बाट मृत्यु भएको व्यक्तिको शव नदेखाइनु र पोष्टमार्टम नहुनुको कारण अंग निकालिनु नै रहेको आरोप लगाएका थिए ।उनीविरुद्ध अफवाह फैलाएको अभियोगमा कारवाही प्रक्रिया अघि बढाइने थापाले बताएका छन् ।…..deshsaanchar

You might also like